२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पत्रकार हरिबहादुर थापा र डिल्लीराम बसेल सम्मानित

५ माघ, काठमाडाैँ । सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता पृुरस्कारबाट अन्नपूर्ण पोष्टका सम्पादक हरिबहादुर थापा र गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट इमेज टेलिभिजनका सम्पादक डिल्लीराम बसेललाई सम्मान गरेको छ ।

पुरस्कारको राशि थापालाई रु २५ हजार एक र बसेललाई १५ हजार एक रहेको छ । त्यसैगरी वरिष्ठ पत्रकारद्वय रघुजी पन्त र हरिहर विरहीलाई पनि सम्मान गरिएको छ । आज नुवाकोटको सूर्यचौरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

नेता नेपालले वियोगीले नेपालको पत्रकारिताको विकासमा ठूलो योगदान पु¥याएको स्मरण गर्दै नेपाली पत्रकारिताले यथार्थपरक सूचनाहरु प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले स्थानीय गुर्जेभञ्ज्याङदेखि सुइरेपुरासम्म करीब एक किलोमिटरको बाटो वियोगीको नाममा ‘वियोगी मार्ग’ बनाइएको जानकारी दिनुभयो ।

सम्मानित पन्त, विरही तथा पुरस्कृत थापाले पुरानो पुस्ताले विकास गरेको पत्रकारिताको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा महेन्द्र बिष्ट र विष्णु निष्ठुरी तथा सम्पादक समाजका महासचिव श्याम डोटेलले वियोगीले पत्रकारितामा पु¥याएको योगदान तथा सामाजिक सशक्तीकरणमा निर्वाह गरेको भूमिकाको चर्चा गर्नुभयो ।

प्रकाशित मिति : 23:08