अब मालपोत र नापी निजी बैंक जस्तै सुन्दर र सफा हुन्छनः मन्त्री अर्याल
५ माघ, वुटवल । भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारणमन्त्री पद्मा अर्यालले अब मालपोत र नापी निजी बैंक जस्तै सुन्दर र सफा हुने बताएकी छिन । शनिबार रुपन्देहीका पत्रकारहरुसँगको बुटवलमा भएको संक्षिप्त कुराकानीमा मन्त्री अर्यालले अब सबै मलपोत र नापी कार्यलय प्रविधि मैत्री बन्ने र सफा पनि हुने बताइन । उनले अबको केही महिनामा नै यसको प्रतिफल प्राप्त हुने बताइन् ।
मन्त्री अर्यालले अबको ३ वर्षमा कुनै पनि खेतियोग्य जमिन बाँझो नहुने पनि बताइन । उनले सोही अनुसार सरकारले जमिन बाँझो राख्न नपाउने नीति ल्याएको भन्दै यसलाई पूर्णरुपमा कर्यान्वयन गरिने दृढता व्यक्त गरिन । मन्त्री अर्यालले सरकारले कृषिको क्षेत्रमा राम्रा कार्यहरु शुरु गर्न लागेको जानकारी दिइन ।

हिजोको दोहोरो अर्थ लाग्ने गरी कित्ताकाट रोकिएको बताउँदै उनले कृषिजन्य जमिनको मात्रै कित्ताकाट रोकिएको भएपनि सबै कित्ताकाट रोकिएको मानिसको बुझाई हुँदा धेरै समस्या भएको बताउँदै अहिले प्रष्टताका साथ कृषियोग्य मात्रै रोकिएको बताइन् ।
प्रकाशित मिति : 20:04









