१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

वीरगञ्जमा कजारियाको नयाँ शोरूम

१९ साउन, काठमाडौं । भारतीय कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै वीरगञ्ज, पर्सामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। जय श्रीराम ट्रेड एण्ड कन्सर्न द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल सरकार खानेपानी मन्त्रि प्रदीप यादवको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको समेत उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रदीप यादवले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे। उनले भने, ‘वीरगंजमा कजारिया जस्तो प्रतिष्ठित ब्राण्डको उपस्थिति गर्वको विषय हो। यो शोरुमले हाम्रो क्षेत्रमा रहेको सम्भावना उजागर गर्नेछ र स्थानीय समुदायका लागि गुणस्तरीय पूर्वाधार र डिजाइन आवश्यकताहरू पुरा गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।’

वीरगंजको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

प्रकाशित मिति : August 4, 2025 at 5:27 pm