नाउपाले रेशमका बाबु लालवीर चौधरीलाई बनायो अध्यक्ष
१५ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लालवीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको छ। बिहीबार काठमाडौँको बानेश्वरमा बसेको भेलाले प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको हो।
अध्यक्ष चयन हुनुभएका लालवीर पार्टी संरक्षक रेशम चौधरीका बावु हुनुहुन्छ। बुधबारमात्रै रेशमले आफ्नै श्रीमतीसमेत रहनुभएकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेर बर्खास्त गर्नुभएको थियो ।
प्रकाशित मिति : July 31, 2025 at 5:35 pm









