२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने हुनुभएकाे छ ।  बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको नेतृत्वमा तुर्कमेनिस्तान भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने र भ्रमण स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभएकाे हाे ।

साथै, राज्यकाेषबाट लगानी भएका प्रतिष्ठान, बाेर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितकाे प्रतिवेदन पेश गर्न रामु प्रसाद डाेटेल, पर्वतकाे संयाेजकत्वमा, रमेश प्रसाद शिवाकाेटी, दाेलखा र चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय समेत भएकाे छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयः

प्रकाशित मिति : 15:48