२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

हकप्रद निष्काशन प्रयोजनार्थ रिभर फल्सले तोक्यो बुकक्लोज मिति

१५ साउन, काठमाडौं । रिभर फल्स पावरले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ। कम्पनीले साउन २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ९ गते स्वीकृती दिएको थियो।

प्रकाशित मिति : July 31, 2025 at 10:46 am