१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

१४ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित हुनुभएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचनमा बानिया २२ सांसदको मतसहित विजयी हुनुभएको हो । लामाले १४ मात्रै मत ल्याउनुभयो भने १ मत बदर भएको छ ।

बागमतीमा कांग्रेसका कुल ३७ सांसद हुनुहुन्छ ।

प्रकाशित मिति : July 30, 2025 at 4:29 pm