२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ र लामाको उम्मेवारी

१४ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहनुभएको इन्द्र बहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

आज अपराह्न संसदीय दल नेता छान्न चुनाव हुँदैछ। कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य बानियाँले संसदीय दलका नेता लामाविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव मंगलबार पारित भएको थियो । कांग्रेसका ३७ सांसद मध्ये मंगलबार मुख्यमन्त्री लामाको पक्षमा १५ र बानियाँको पक्षमा २२ जना देखिएका थिए ।

प्रकाशित मिति : 11:43