बागमतीमा मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त
१४ साउन, काठमाडौं । बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त हुनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गर्नुभएको हो ।
गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ मन्त्री नियुक्त हुनुभएको छ । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।
बागमतीमा कांग्रेसका चार मन्त्रीहरूले साउन ९ गते राजीनामा दिनुभएको थियो । त्यसको भोलिपल्ट मुख्यमन्त्रीले राजीनामा स्वीकृत नगरी उहाँहरूलाई बर्खास्त गर्नुभएको थियो ।
प्रकाशित मिति : 10:07









