८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

हिमालयन बैंकको एफपीओ बाँडफाँड, कतिले पाए सेयर ?

१३ साउन, काठमाडौं । हिमालयन बैंकको एफपीओ बाँडफाँड भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँड भएको हो।

बैंकले गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। सो एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता सेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ।

बैंकको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेष भएको ९ कित्ता ९ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको सेयर प्राप्त गरेका छन्।

प्रकाशित मिति : July 29, 2025 at 9:28 am