२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

सिन्धुपाल्चोक र रूपन्देहीका सिडिओको सरूवा

१२ साउन, काठमाडौं । गृह मन्त्रालयले सिन्धुपाल्चोक र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहमन्त्रालयले सोमबार विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख टोकराज पाण्डेयलाई रूपन्देहीमा सरूवा गरेको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा तानिएको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा बन्धु बास्तोलालाई पठाइएको छ। त्यहाँका प्रमुख जिल्ला अधिकारी किरण थापालाई पनि मन्त्रालयमा तानिएको छ ।उनले गत असार ३२ गते एक कार्यक्रममा भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस सांसद मोहन बस्नेतलाई प्रमुख अतिथिको रूपमा सम्मान गरेको भन्दै आलोचना समेत भएको थियो।

प्रकाशित मिति : 16:47