१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

राजस्व ठगीमा एनएमबी बैंकको अनेक चलखेल, राजस्व नतिर्न १० वटा मुद्दा दायर

४ माघ, काठमाडाैँ । एनएमबी बैंकले राजस्व ठगीबाट उम्कन अनेक चलखेल गरिरहेको पाइएको छ । राजनीतिक लबिङ गर्नेदेखि राजस्व न्यायाधीकरणमा मुद्दा दर्तासम्ममा एनएमबीका अनेक रूप देखिएको छ ।

एनएमबि बैंकले ९ करोड रुपैयाँ भन्दा बढी राजस्वको दायित्वबाट उम्कनका लागि राजस्य न्यायाधीकरणमा मात्रै १० वटा मुद्दा दायर गरेको छ । ठूला करदाता कार्यालयका अनुसार बैंकले आर्थिक वर्ष २०६३/०६४ देखि २०६९/०७० सम्मको राजस्व बापतको ९ करोड ५ लाख ७६ हजार ६ सय ४४ रुपैयाँ तिर्न बाँकी रहेको छ ।

निश्चित पूँजी भएका बैंकहरु ठूला करदाता कार्यालयअन्तर्गत रहेका छन । उनीहरुले आफूले आर्जन गरेको नाफाको आधारमा स्वयं कर घोषणा गरी तिर्न पाउने कानुनी प्रावधान छ। एनएमबीले पनि सोही व्यवस्थाअनुसार कर घोषणा गरे पनि तिर्नुपर्ने भन्दा न्यून दरमा घोषणा गरेको पाइएपछि करदाता कार्यालयले पुनः कर निर्धारण गरेको हो ।

एनएमबीले यही विषयमा अहिलेसम्म राजस्व न्यायाधीकरणमा १० वटा मुद्दा हालेको छ । जसमा करदाता कार्यालयले निर्धारण गरेको अग्रिम कर, मूल्य अभिवृद्धि कर र आयकर धेरै मागेको भन्ने विषय रहेका छन ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार २१:२३