८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

पिपुल्स पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न सकिन्छ ?

११ साउन, काठमाडौं । पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । साउन ११ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकोमा अब यो हकप्रद खरिदका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ

कम्पनीले गत असार २२ गतेदेखि हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेकाे थियो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ असार १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल,वीगञ्ज,पोखरा, बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्। हकप्रदबाट प्राप्त रकम नबिल बैंकको ऋण भुक्तानी गर्नका लागि उपयोग गरिनेछ ।

प्रकाशित मिति : July 27, 2025 at 9:17 am