बहादुर सिंहलाई दलको नेताबाट हटाउन २१ सांसदले गरे अविश्वासको प्रस्ताव दर्ता
९ साउन, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभामा संसदीय दलका नेता बहादुरसिंह लामालाई पदमुक्त गर्न २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामा विरुद्ध आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । बागमतीमा प्रदेश सरकारमा कांग्रेसका ३७ जना संसद सहभागी छन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा बागमतीका सभापति इन्द्र बानियाँ, शिवराज अधिकारी, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् ।
प्रकाशित मिति : July 25, 2025 at 5:57 pm









