२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पार्टी सदस्यता विधिपूर्वक नवीकरण गरेकी थिएँः विद्या भण्डारी

९ साउन, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक नेकपा ९एमाले० को सदस्यता नवीकरण गरेको बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा  एमालेको सदस्यता नवीकरण गरेरैआफूले पार्टी राजनीतिमा सक्रिय हुने संकल्प गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ। मैले सार्वजनिक नगरेकै समयमा सदस्यता नवीकरणका बारेमा सञ्चारमाध्यमले बाहिर ल्यायो। चुपचाप उपयुक्त हुँदैनथ्यो। नेकपा एमालेमा आवद्ध भएर अघि बढ्नु नै थियो यसैलाई मध्यनजर गर्दै मैले मदन भण्डारीको ७४ औं जन्यन्तीको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरे भनेर एमालेमा आवद्ध भएर राजनीति अघि बढाउने संकल्प गरेको थिएँ।’

प्रकाशित मिति : 15:57