८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

७ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार पनि सेयर बजारमा सुधार आएको छ  । यस दिन नेप्से ९.६१अंकले बढेर २९८३.३१ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयरमा यस दिन सकारात्मक सर्किट लाएको हो ।

प्रकाशित मिति : July 23, 2025 at 3:15 pm