८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

दोल्ती पावर कम्पनीले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

६ साउन, काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको  बैठकले साउन २२ गते काठमाडौंको पुरानो बानेश्वरस्थित काजीको किचनमा साधारणसभा बोलाएको हो । सभा बिहान साढे ८ बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीको हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। हकप्रद सेयरबाट संकलित रकमको उपयोगबारे सञ्चालक समितिले गरेका निर्णयहरूलाई पनि सभाबाट अनुमोदन गरिनेछ। त्यसैगरी, कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : July 22, 2025 at 4:19 pm