१३ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)
५ साउन, काठमाडौँ । नेपाल प्रहरीले १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस गरेको छ।
सोमबार बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल डिएसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

प्रकाशित मिति : July 21, 2025 at 2:21 pm









