तारकेश्वरमा एक युवती झुण्डिएको अवस्थामा फेला
५ साउन, काठमाडौं । काठमाडौंको तारकेश्वर ८ को पिपलडाँडा खेल मैदानको बारमा एक जा युवती झुण्डिएको अवस्थामा फेला परेकीछिन ।

कालो कपडा, कालो झोला र कालै जुत्ता लगाएकी युवती झुण्डिएको अवस्थामा भेटिएकी हुन । झोला र चप्पल माथि राखेर युवतीले तन्नाको पासो लगाएको देखिन्छ । अहिले प्रहरीले घटनास्थल नियन्त्रण लिएर मुचुल्का उठाउने र अनुसन्धान गर्ने काम गरिरहोको छ । तस्बिरः दैनिकी
प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ०७:३१












