मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ
४ साउन, काठमाडाैँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन् । २०८१ चैत २५ नै अहिराजको विरूद्धमा पक्राउ पुर्जी जारी भएको भए पनि प्रहरीले निगरानी गरेको थिएन । तत्कालीन अवस्थामा प्रधानमन्त्री केपी शर्मा अोलीको निकट भएका कारण अहिराज २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडाैँका एसपी अपील राज बोहराले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर राजेशको विरूद्धमा अनुसन्धान सुरू गरिएको जानकारी दिनुभएको छ । चैत २५ मा अहिराजविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार २१:३४












