सेयर बजारमा झिनो अंकको सुधार, २१ अर्बभन्दा बढीको कारोबार
४ साउन, काठमाडौं । साताको पहिलो पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन बजार ०.३२ अंकले घटेर २८७०.९५ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको आज ९८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको सेयरमूल्य यस दिन सर्वाधिक ८.८८ प्रतिशत घटेको छ।
यस दिन चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन उन्नती सहकार्य लघुवित्त, सान्भी इनर्जी, ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १५:२७













