यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
४ साउन, काठमाडौं । साताको पहिलो पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिन बजार ०.३२ अंकले घटेर २८७०.९५ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको आज ९८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, आज बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपैयाँ बढी कारोबार भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १५:१८













