१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

रसुवाको सालासुङ्गी हाइड्रोपावरमा कार्यरत एक मजदुर मृत भेटिए

२ साउन, रसुवा । उत्तरी रसुवास्थित आमाछोदिङ्मो गापा–५ को सालासुङ्गी हाइड्रोपावरमा काम गर्ने एक मजदुर मृत फेला परेका छन् । आमा छोदिङ्मो गापा–५ ब्राजमका ४७ वर्षीय सुनाम दोर्जे तामाङ गत बिहीबारदेखि बेपत्ता थिए । उनी आज पुरानो तातोपानी सडकबाट करिब चार सय मिटर तल मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेमबहादुर शाहीले बताउनुभयो ।

लडेर मृत्यु भनिए पनि कारणबारे थप अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ । आफ्नो कामदार हराउँदासमेत खोजीमा सालासुङ्गी हाइड्रोपावरले चासो नदिएको मृतकका आफन्तजनको आरोप छ ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार १८:२०