३८ वर्ष लामो राजनीतिक यात्रामा पूर्णबिराम लगाउँदै केशवले त्यागे माओवादी केन्द्र
२ साउन, काठमाडौँ । ३८ वर्ष लामो राजनीतिक यात्रामा पूर्णबिराम लगाउँदै नेकपा (माओवादी केन्द्र)का नेता केशव पुडासैनी ‘विमल’ले पार्टी परित्याग गरेको घोषाणा गर्नुभएको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्य समेत रहनुभएको उहाँले शुक्रबार पार्टी कमिटीलाई सम्बोधन गर्दै माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी गराउनुभएको छ ।
उहाँले उक्त जानकारी पत्रमा २०४४ सालमा नेपाल कम्युनिस्ट पार्टी मसालको भ्रातृ संगठन अनेरास्वियुको इकाइ सदस्य हुँदै १० वर्षे जनयुद्धदेखि हालसम्म आफूले निष्ठापूर्वक पार्टीमा योगदान गरेको पनि जानकारी दिनुभएको छ ।
केशवले राजीनामा मुख्य कारण उल्लेख नगरे पनि माओवादीमा चैतेहरू हावी हुँदा सहिद परिवार र लामो समयदेखि पार्टीमा रहेका योद्दाहरू अन्यायमा परेकोमा चिन्तित हुनुहुन्थ्यो । उहाँले ३८ वर्ष लामो राजनीतिक दौरानमा प्रत्यक्ष र परोक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ स्थायी घर भएका विमल नुवाकोटमा माओवादीको संगठन विस्तार गर्ने र प्रशिक्षण दिनेमा अग्रपङ्तिमा रहनुभएको नेता हुनुहुन्छ ।

प्रकाशित मिति : 13:37









