पोलिटब्युरो बैठकअघि ईश्वर पोखरेलको आग्रहः विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्नुस्
२ साउन, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधान संशोधन मस्यौदामा गम्भीरतापूर्वक बहस गर्न पोलिटब्युरो सदस्यहरूलाई आग्रह गर्नुभएको छ । बैठक सुरु हुनु केही घण्टाअघि सामाजिक सञ्जालमा लेख्दै पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भन्दै पोलिटब्युरो बैठकमा छलफलका लागि तयारी गर्न आग्रह गर्नुभएको हो ।
पोलिटब्युरो बैठकबाट केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने सकिने पोखरेलको विश्वास छ । उहाँले लेख्नुभएको छ, ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन ९मस्यौदा० माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो, आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ । पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनुहुनेछ ।’
पोखरेल ७० वर्षे उमेरहद र २ कार्यकाललाई निरन्तरता दिनुपर्ने पक्षमा हुनुहुन्छ । तर सचिवालय बैठकले उक्त व्यवस्था हटाएपछि पोलिटब्युरोमार्फत परिमार्जन गर्न सकिने पोखरेलको विश्वास छ ।
प्रकाशित मिति : 11:54









