८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

लामो समयदेखि कर नबुझाएका १ सय २२ करदाता कारबाहीमा

२ साउन, वाग्मती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् ।लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताउनुभयो ।

अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले दिनुभएको छ । कर नबुझाउनेहरूको अभिलेख तयार भएको उहाँले बताउनुभयो । साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१÷८२ मा करदाता बढेका छन् ।

प्रकाशित मिति : July 18, 2025 at 11:33 am