८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

एक इन्स्योरेन्सको सेयरमूल्य समायोजन

२ साउन, काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको १८ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ८०७ रुपैयाँ ८० पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा कम्पनीकाे अन्तिम सेयरमूल्य प्रतिकित्ता ९५३ रुपैयाँ २० पैसा कायम भएको थियो। आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।

प्रकाशित मिति : July 18, 2025 at 9:12 am