राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा गोपाल भट्टराई मनोनीत
१ साउन, काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेकाे छ । भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री बनेपछि उहाँको ठाउँमा प्रमुख सचेतकका रूपमा भट्टराईलाई मनोनीत गरेकाे हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई साउन १ गतेबाट लागू हुनेगरी राष्ट्रियसभाको प्रमुख सचेतक तोक्नुभएको हो ।

प्रकाशित मिति : 16:50









