१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

पाँचथरमा सेफ्टिक टयांकीमा निस्सासिएर एक जनाको मृत्यु, दुई जना बेहोस

१ साउन, काठमाडौं । पाँचथरमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा निस्सासिएर एक जना मजदुरको मृत्यु भएको छ भने २ जना बेहोस भएका छन् । बुधबार साँझ निर्माणाधीन सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुर बेहोस भएका थिए । ती मध्ये एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकी बताए ।

मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–५ का ३८ वर्षीय रत्न चेम्जोङ छन् । बाँकी दुई जना सोही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अहिले पनि उपचार जारी छ ।

फाल्गुनन्द गाउँपालिका –५ मा रहेको घुर्बिसे पञ्चमी सहकारी संस्थाको निर्माणाधीन भवनमा सेफ्टिक ट्यांकीभित्र सुरुमा रत्न छिरको र उनी बेहासे भएपछि निकाल्न भन्दै अरू दुई जनाभित्र पसेको पाइएको डीएसपी बुढाथोकीले बताउनुभयाे ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १४:२४