कतिमा भयो ट्रेड टावरको पहिलो कारोबार ?
१ साउन, काठमाडौं । ट्रेड टावर लिमिटेडको पहिलो कारोबार भएको छ। बिहीबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ३६६ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।
असार ३१ गते कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो। जस अनुसार हिजो अर्थात असार ३२ गते स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे सेयर कारोबार हुनुपर्ने थियो। तर, म्याचिङ्ग नभएका कारण हिजो कारोबार हुन नसक्दा आज स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो।
प्रकाशित मिति : July 17, 2025 at 10:54 am









