सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
३२ असार, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दल बैठकले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अध्यक्ष उपेन्द्र यादवले असार ३० गते बालुवाटारमा छलफल गरेका थिए। उक्त छलफल भएको दुई दिनमै जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
प्रकाशित मिति : July 16, 2025 at 4:25 pm









