९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सेयर बजारमा ३४ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब माथि

३२ असार, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकारकाे दिन बुधबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। यस दिन ३३० स्टकको ९९ हजार ५०५ पटकको कारोबारमा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँबराबरको ४ करोड ३१ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० र थ्रिस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ।  यस दिन बुटवल पावर कम्पनीकाे सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ६१ करोड ८७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : July 16, 2025 at 3:35 pm