हिम स्टार उर्जाको आइपीओ बाँडफाँड हुँदै, सेयर पाउने कति ?
३२ असार, काठमाडौं । हिम स्टार उर्जा कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपीओ आज दिउँसो ३ बजे बाँडफाँड हुनेछ ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २ अर्ब ३३ करोड ४७ लाख ३३ हजार रुपैयाँ बराबरको १९ लाख ९७ हजार २४२ जनाले २ करोड ३३ लाख ४७ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । आईपीओमा मागभन्दा ३०.१६ गुणा बढी आवेदन परेको थियो ।
आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ७७ हजार ३९७ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । भने १९ लाख १९ हजार भन्दा बढीको हात खाली हुनेछ । आईपीओमा माग भन्दा बढीको आवेदन परेकोका कारण १० कित्ता सेयर हाता पार्न भाग्यकै भर पर्नुपर्ने भएको छ ।
प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १३:३२













