२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

घुसको अडियो काण्डः भूमिसुधार मन्त्री अधिकारीको संलग्नताबारे एमालेभित्रै प्रश्न

३२ असार, काठमाडौँ । घुसको अडियो काण्डले राजनीतिक बजार तातिएको छ । अझ एमाले त असिन पसिन नै भएको छ । केहिले नेताहरूको यौन काण्ड त कहिले घुस काण्डले नेता र कार्यकर्ताहरू ढाकछोप गर्ने र कारबाही गर्नुपर्नेमा विभजित हुन्छन । यतिखेर पनि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको किचनमा रहेकाहरू मन्त्रीको घुस काण्डलाई षडयन्त्रको रूपमा हेरिरहेका छन भने विवेक र विचारको कुरा गर्नेहरू छानविन र कारबाहीको कुरा गरिरहेका छन ।

यस्तैमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले घुस काण्डमा भूमीसुधार मन्त्री बलराम अधिकारी माथि पनि अनुसान्धन हुनुपर्ने संकेत गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत छोटो टिप्पणी सार्वजनिक गर्दै नेता रिजालले भक्तपुरको घुस काण्ड पनि मालपोत अधिकृत एक्लैको आँट नहुनसक्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यस्तो ‘हिम्मत’सँग कायल नभइरहन सकिएन । घुसकाण्डमा कर्मचारीका मन्त्री राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन छन् । यस्तो बेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकीहाकी साढे २४ लाख रकम असुल्छन् । यो उनको मात्रै हिम्मत होला त ? यस्तो काम चुपचाप कति भइरहेको होला- मालपोत र नापीमा ?’

प्रकाशित मिति : 12:11