१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

भ्रष्ट र ठगहरू कोही पनि छानविनको दायराभन्दा बाहिर रहनुहुँदैनः सूर्य थापा

३२ असार, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले भ्रष्ट र ठगहरू कोही पनि छानविनको दायराभन्दा बाहिर हुन नहुने बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत मन्त्रीको घुसवाला अडियो प्रकरण माथि टिप्पणी गर्दै संलग्नहरू सबैको पहिचान गरी कानुन अनुसार कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले फेसबुक मार्फत गर्नुभएको टिप्पणीमा भन्नुभएको छ, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजिनामा दिनुको अर्थ यस विषयको गभीरतालाई मध्यनजर गरी गंभीर छानवीन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ। यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन् रु ती सक्कली हुन् कि नक्कली रु वास्तविक आवाज हो कि प्रविधिको कमाल रु राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानवीन गरी दुधको दुधरपानीको पानी छुट्याउनु पर्छ । दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन । झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानवीनको दायराभन्दा बाहिर रहनुहुँदैन। विषयको उठान आरोप-प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुनरगर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो।’

प्रकाशित मिति : July 16, 2025 at 12:00 pm