१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

उपभोक्ता ठग्ने तीन प्रेट्रोल पम्पमा सिल

३ माघ, बारा । नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ । विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई आज कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बिक्री गर्ने मात्राभन्दा कम मात्रामा तेल बिक्री वितरण गरेकाले कारवाही गरिएको जानकारी दिए। ठगी गर्ने उक्त तीन पेट्रोल पम्पलाई नोजलहरु शिल गरी कारोवार रोक्का गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : January 17, 2019 at 9:16 pm