१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

बरुण हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला

३१ असार, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार ३१ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका साथै राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खादबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार ०९:०५