२९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026

एनआरएन इन्फ्रास्टक्चरसहित यी झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

३० असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ को बिन्दुमा बन्द भएको छ ।

यस दिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ४० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँ, सानिमा बैंकको २४ करोड ७५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको २३ करोड ९० लाख रुपैयाँ, शाहस उर्जा लिमिटेडको १८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : July 14, 2025 at 3:16 pm