घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्ता प्रधानमन्त्री निवास बालुवाटारमा
३० असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । घुस डिल प्रकरणमा मुछिएपछि सोमबार बिहान मन्त्री गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।
घुस मागेको अडिओ सार्वजनिक भएपछि गुप्ता चौतर्फी दबाबमा पर्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग यसबारे कुराकानी गर्न लाग्नुभएको हो।
कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो । उक्त अडियो सार्वजनिक भएपछि गुप्तालाई प्रधानमन्त्री ओलीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहेको छ ।
प्रकाशित मिति : 11:20









