२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

विकाश हाइड्रोपावरको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

२९ असार, काठमाडौं । विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ आज बाँडफाँड सम्पन्न भएको हो ।

यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ । कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ विकाश हाइड्रोपावर । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ ।

कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ९७.४३ रुपैयाँदेखि अधिकतम २९२.२९ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।   नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ ९७.४३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १६:४३