महालक्ष्मी विकास बैंकको सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त
२९ असार, काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त हुनुभएकाे छ । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम अश्वीनी कुमार ठाकुरलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ । उहाँसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव रहेको छ ।
उहाँले असार २९ गते बैंकको केन्दि«य कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पद बहाली गर्नुभएकाे छ । साथै सोही कार्यक्रममा बैंकको संचालक समिति सदस्यहरुले संयुक्त रुपमा उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएकाे छ । उहाँको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ग्राहकहरु रहेका छन् ।
प्रकाशित मिति : July 13, 2025 at 2:53 pm









