९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

राप्रपाको असन्तुष्ट समूह पुग्यो निर्वाचन आयोग

२९ असार, काठमाडौं । विधानविपरीत पार्टीका नेताहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही गरेको भन्दै असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन्।

पार्टीका पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वर्तमान महामन्त्री धवलशम्शेर राणा, अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलगायतका नेता अहिले आयोगसँग छलफलमा हुनुहुन्छ ।

लिङ्देनले केही दिन अघिमात्रै सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गर्नुभएकाे थियाे । साथै नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उहाँको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिनुभएकाे थियाे ।

 

प्रकाशित मिति : July 13, 2025 at 12:25 pm