६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

गुरु पूर्णिमाको अवसर पारेर ‘बाकस’ फिल्म घोषणा

२६ असार, काठमाडौं । गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली फिल्म ‘बाकस’ को घोषणा गरिएको छ। पिके इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्र नवीन पन्तको निर्देशनमा तयार हुने भएको छ। निर्देशक पन्तले कथा लेखन पनि आफैं गरेका छन्।

नेपाली परिवेशको कथामा निर्माण गरिने फिल्म ‘बाकस’ नेपाल र विदेश दुबै स्थानमा छायांकन गरिने तयारीमा रहेको छ। हाल फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा गीतकार शंकर अधिकारी घायल र नारायण बस्नेतका गीत रहनेछन्। तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन गरिने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : July 10, 2025 at 1:18 pm