माओवादीले बोलायो पदाधिकारी बैठक
२६ असार, काठमाडौं । नेकपा (ममाओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ। बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बस्ने तय भएको पार्टी प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिनुभयो ।
बैठकमा समसामयिक परिस्थितिबारे छलफल हुने बताइएको छ । बाढी पहिरोले पुर्याएको क्षति, उद्धार र राहतमा सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
प्रकाशित मिति : 10:36









