१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान

२३ असार, काठमाडाैं ।  १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार अन्सारीलाई धरौटीमा छाड्न आदेश गरेको थियाे । तर, धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हाे ।

नक्कली नोटको प्रकरणमा कैद भुक्तान गरेर रिहा भएलगत्तै गत जेठ १० गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले  पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो। २०७६ जेठ १० मा  अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : 17:50