१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

तादी खोलामा बेपत्ता भएका युवकको शव १७ दिनपछि भेटियो

२० असार, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–७ कुटुङखोला निवासी २६ वर्षीय नोनो शेर्पाको तादी खोलामा डुबेर मृत्यु भएको  छ।

गत असार ३ गते दिउँसो पौने १२ बजे तादी खोलामा पौडी खेल्न गएका शेर्पा खोलाको बहावमा परेर बेपत्ता भएका थिए। सर्च तथा उद्धार कार्य निरन्तर भइरहे पनि उनी फेला परेका थिएनन्।

डुबेको १७ दिनपछि, आज बिहान करिब १०स्३० बजे तादी खोलाको दुप्चेश्वर–६ टटले स्थित बगरमा शेर्पाको शव सडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा पुगेर लाश जाँच, प्रकृति मुचुल्का तयार गर्ने लगायत प्रारम्भिक अनुसन्धानको काम गरेको छ। शवलाई पोष्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको छ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : 17:47