रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो
२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई प्रहरी प्रधान कार्यालयले काठमाडौं झिकाएको छ ।
नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काकाे जिम्मेवारी खोस्दै प्रधान कार्यालय तानिएकाे हाे । उनले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिनमा तानिएका हुन् ।
प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १५:१६