सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द
२० असार, काठमाडाैं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि यातायात व्यवस्था विभागले आजदेखि लाइसेन्ससम्बन्धी सबै सेवा बन्द गरेको छ ।
यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सेवाहरू बन्द रहने जानकारी दिएको हो । विभागले उक्त समस्याको समाधान कार्य भइरहे जनाएको छ ।
प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १४:०६