५ मंसिर २०८३, शुक्रबार | Sat Nov 21 2026

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

https://www.muktinathbank.com.np/online/loan-application

२० असार, सुर्खेत । कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भन्नुभयो, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”

प्रकाशित मिति : July 4, 2025 at 11:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/