३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश

१९ असार, काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। पाठक आज जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनुभएकाे थियाे ।  न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार पत्रकार पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।पाठकविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो भने उच्च अदालत पाटनले पक्राउ नगर्न आदेश दिएको थियो।

प्रकाशित मिति : July 3, 2025 at 5:31 pm